इमरान खानको दायाँ आँखामा केवल १५ प्रतिशत दृष्टि बाँकी
२९ माघ, २०८२, बिहिवार
- पीटीआईका वकिल सलमान सफदरले अदियाला जेलमा भेटपछि पेश गरेको सात पृष्ठको प्रतिवेदन अनुसार इमरानको आँखामा रगतको थक्का (ब्लड क्लट) जम्दा गम्भीर क्षति पुगेको र उपचारका बाबजुद दृष्टि अत्यन्त कमजोर भएको जनाइएको छ ।
काठमाडौँ: पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खानको दायाँ आँखामा अहिले केवल १५ प्रतिशत दृष्टि मात्र बाँकी रहेको चिकित्सकीय प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदन सर्वोच्च अदालतमा पेश गरिएको हो ।
पीटीआईका वकिल सलमान सफदरले अदियाला जेलमा भेटपछि पेश गरेको सात पृष्ठको प्रतिवेदन अनुसार इमरानको आँखामा रगतको थक्का (ब्लड क्लट) जम्दा गम्भीर क्षति पुगेको र उपचारका बाबजुद दृष्टि अत्यन्त कमजोर भएको जनाइएको छ । अदालतले सफदरलाई ‘एमिकस क्युरिए’ (अदालतका मित्र) का रूपमा नियुक्त गरी जेलमा भेट गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
प्रतिवेदनमा इमरानले आफूलाई केही महिनाअघि धुम्म देखिने समस्या सुरु भएको तर जेल प्रशासनले समयमै उपचारको व्यवस्था नगरेको गुनासो गरेका छन् । पछि दायाँ आँखाको दृष्टि अचानक पूर्ण रूपमा गुमेको र पिम्स अस्पतालका नेत्र विशेषज्ञले जाँच गर्दा रगतको थक्का जमेको पुष्टि भएको उल्लेख छ ।
७३ वर्षीय इमरानले नियमित स्वास्थ्य परीक्षण, दन्त उपचार र व्यक्तिगत चिकित्सकसँग भेटको अनुमति नदिएको समेत बताएका छन् । साथै, पाँच महिनादेखि आफ्ना मुख्य कानुनी सल्लाहकारसँग भेट्न नपाएको र परिवारका सदस्यहरूसँग भेटघाटमा पनि प्रतिबन्ध लगाइएको दाबी गरेका छन् ।
हाल उनीलाई हप्तामा एक पटक करिब ३० मिनेट पत्नीलाई भेट्न अनुमति दिइएको जनाइएको छ । इमरानको स्वास्थ्य अवस्था र जेलभित्रको सुविधाबारे अदालतमा बहस जारी रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।